शुक्रबार, भदौ ५, २०८३

मोरङ ६ मा संस्थापन इतर समूहको प्यानल नै विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा संस्थापन इतर समूह प्यानल नै विजयी भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा संस्थापन इतर समूह प्यानल नै विजयी भएको छ।

संस्थापन पक्षका चेतराज रेग्मीलाई पराजित गर्दै संस्थापन इतर समूहका देवराज तामाङ विजयी भएका छन्। तामाङको समूहबाट सचिवमा जितेन्द्र गोल्छा र लोकबहादुर चौधरी, सहसचिवमा प्रेमप्रसाद ढुङ्गेल र केशव गिरी निर्वाचित भएका छन्। 

महाधिवेशन प्रतिनिधिमा पनि अधिकांश संस्थापन इतर समूहका नेताहरू विजयी भएका छन्। 

मोरङ क्षेत्र नम्बर २ को सभापतिमा नागेश्वरप्रसाद सिंह निर्वाचित भएका छन्। उनले यज्ञ कार्कीलाई पराजित गरेका हुन्। क्षेत्र नम्बर २ मा दुवै उम्मेदवार संस्थापन इतर समूहका हुन्। सचिवमा टेकबहादुर विष्ट, आशिष कार्की, सहसचिवमा गणेश श्रेष्ठ र नेत्रबहादुर भट्टराई  निर्वाचित भएका छन्। 

क्षेत्र नम्बर ३ र ४ मा मतगणना जारी छ। बिहीबार दुवै क्षेत्रको परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। दुवै क्षेत्रमा संस्थापन इतर समूह अगाडी छ।

क्षेत्र नम्बर १ मा शंकर राई र क्षेत्र नम्बर ५ मा जिवछ गच्छदार निर्विरोध भएका थिए। निर्विरोध भएका मध्ये राई संस्थापन इतर हुन भने गच्छदार संस्थापन समूहका हुन्। 

मोरङमा हालसम्म सार्वजनिक अन्तिम परिणाम अनुसार महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर समूहका नेताहरू बढी निर्वाचित भएका छन्। 

महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसद बिन्दिया कार्की, संविधानसभा सदस्य वीरेन्द्र माझी, नेताहरू मृदुला कोइराला, दीपक लोहनी, नरेश बराल, दामोदर कोइराला, बाबुराम कोइराला, रविन दाहाललगायत पराजित भएका छन्।

प्रकाशित: Nov 25, 2021| 07:14 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...