सुर्खेत- नेपाली कांग्रेसले रुकुम पश्चिमको नेतृत्व सर्वसम्मत रूपले टुंगो लगाएको छ। नेतृत्व छनौटका लागि गठित कार्यदलले जिल्ला सभापति र कोषाध्यक्षमा यसअघिकै नेताहरूलाई दोहोर्याएको छ।
जसमध्ये सभापतिमा प्रेमप्रकाश ओली र कोषाध्यक्षमा मोहवीर खड्काले पुनः कार्यकाल दोहोर्याउने अवसर पाएका छन्। ओली सर्वसम्मत सभापतिमा चयन भएका हुन भने खड्कालाई मनोनीत गरिएको हो।
संस्थापन इतर समूहका ओली १३औं महाधिवेशनमा निर्वाचनबाट पार्टी सभापति बनेका थिए। त्यस्तै जिल्ला उपसभापतिमा सुरतजंग मल्ल र हर्कसिं खत्री, सचिवमा तारक शाही र परमेश्वर भण्डारी, सहसचिवमा प्रेमबहादुर खड्का र यज्ञ विष्ट चयन गरिएको छ।