शुक्रबार, भदौ ५, २०८३

काठमाडौँ-६ कांग्रेस सभापतिमा खड्गी विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनाअनुसार खड्गीले १८८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १७९ मत प्राप्त गरेका थिए। 

सचिवमा उत्तम अधिकारी १९५ र रामशरण पाण्डे १८१, सहसचिवमा श्रीकृष्ण विडारी २११ र रवि सापकोटा १६२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिए। 

खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २२८, इन्द्रमान महर्जन १९४, भीमसेनदास प्रधान १९१, हरिहर अधिकारी १७८, मनोज भण्डारी १६२, मोहम्मद निजामुद्दीन १४५, रुपकराज कुँवर १५६, सानुभाई सापकोटा १५८, केदारनाथ पाठक १४४ र इच्छाराम कार्की १४७ मत ल्याई विजयी भएका छन्। 

यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित भए। 

यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी भएका छन्। खड्गी र सुशन वैद्यले समान १६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको छ। खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित भए। समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिए। 

उक्त निर्वाचन क्षेत्रमा ३७७ मत रहेकामा ३७५ मत खसेको थियो। काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन्।

प्रकाशित: Nov 24, 2021| 21:33 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...