शुक्रबार, भदौ ५, २०८३

देशका समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ रहेको बताएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान गर्न कांग्रेस मात्रै समर्थ रहेको बताएका छन्। देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउनका लागि पनि अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने उनले बताएका थिए। 

 जनकपुरधाममा भएको कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए। निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको उल्लेख गरेका थिए।

'वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ। पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ,'  निधिले भने।

जनकपुरधामको पर्यटन विकासमा महत्वपूर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिए। कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका थिए।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

प्रकाशित: Nov 24, 2021| 21:15 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...