शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कास्की कांग्रेसको सभापतिका लागि सरस्वतीले घोषणा गरिन् उम्मेदवारी

कास्की कांग्रेसको सभापतिका लागि सरस्वतीले घोषणा गरिन् उम्मेदवारी

नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि सरस्वती गुरुङ्ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशन प्रतिनिधिमा चयन भएको पर्सिपल्ट बुधबार उनले यस्तो घोषणा गरेकी हुन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

पोखरा- नेपाली कांग्रेस कास्कीको सभापति पदका लागि सरस्वती गुरुङ्ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशन प्रतिनिधिमा चयन भएको पर्सिपल्ट बुधबार उनले यस्तो घोषणा गरेकी हुन्। 

कास्की कांग्रेसको सभापतिमा १३औं महाधिवेशनमा पराजित भएका पोषनाथ शर्माले पनि उम्मेदवारी घोषणा गरेका छन्। यसअघि नै कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका मनोज गुरुङ भने क्षेत्र नम्बर ३ को सभापति भइसकेका छन्। उनीसँगै सुदीपमोहन भट्टराईले पनि सभापतिमा उम्मेदवारी दिने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ। 

नेपाली कांग्रेस कास्कीको इतिहासमा सभापतिमा पहिलो पटक महिला उम्मेद्वारी घोषणा भएको हो। कास्की कांग्रेसले अहिलेसम्म महिला नेतृत्व त पाएको छैन नै यसअघि कसैले उम्मेदवारी पनि दिएका थिएनन्। 

सरस्वती हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् भने २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङसँग पराजित भएकी थिइन्। 

उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्। गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन्।


प्रकाशित: Nov 24, 2021| 17:41 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...