शुक्रबार, भदौ ५, २०८३

अब एमालेमा 'नो' एकता, 'नो' एकीकरण : ओली

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कुनै पनि पार्टीसँग एकता र एकीकरण नगर्ने बताएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कुनै पनि पार्टीसँग एकता र एकीकरण नगर्ने बताएका छन्। राजधानीमा आयोजित साइबार सर्कल घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि एमालेमा आउनेहरूका लागि भने बाटो खुल्लै रहेको उनले उल्लेख गरेका थिए। 

'हामीले एकता गर्नुपर्ने अब कुनै पनि पार्टी बाँकी रहेन नेपालमा। अब एमालेमा नो एकता नो एकीकरण,' उनले भने,'अब कोसँग एकता गर्नुपर्ने माधव नेपालसँग? माधव नेपालको पछि लागेर जानुभएका साथीहरू आउनुहोस् एमालेमा।' 

कार्यक्रमा सत्तारुढ गठबन्धले आफू नेतृत्वको सरकारले गरेका कामहरू मेटाउन लागिपरेको आरोप लगाएका छन्। सत्तारुढ गठबन्धनले सकेदेखि धरहरा ढाल्ने र रानीपोखरी पुर्ने उनको भनाइ थियो। 'सकेदेखि यिनीहरू (गठबन्धन)ले धरहरा ढाल्थे, रानीपोखरी पुर्ने थिए। तर सक्दैनन्। जनता छन्,' उनले भने। 

प्रकाशित: Nov 24, 2021| 17:15 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...