शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस अधिवेशन : धनुषाका १८ पालिकामध्ये १२ मा निधि समूहका सभापति चयन

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस अधिवेशन : धनुषाका १८ पालिकामध्ये १२ मा निधि समूहका सभापति चयन

धनुषामा सम्पन्‍न भएको अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षधरको पकड मजबुत देखिएको छ। १८ पालिकाहरुमध्ये १२ पालिकामा निधि पक्षले नेतृत्व प्राप्त गरेको छ।
 |  बुधबार, मंसिर ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १८ वटै पालिकामा अधिवेशन सम्पन्‍न भएको छ। नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत धनुषाको ९ वटा पालिकमा सर्वसम्मत बाँकी ९ वटा पालिकामा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन भएको छ। धनुषामा सम्पन्‍न भएको अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षधरको पकड मजबुत देखिएको छ। १८ पालिकाहरुमध्ये १२ पालिकामा निधि पक्षले नेतृत्व प्राप्त गरेको छ। 

triton college

धनुषा उपसभापति निधिको गृहजिल्ला पनि हो। अधिवेशनको सुरुवातमा अधिकांश पलिकाहरुमा गुटगत विवाद देखिए पनि उपसभापति निधि आफैंले अग्रसरता देखाएपछि नौवटा पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको थियो। बुधबारसम्ममा बाँकी रहेका नौ पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। सर्वसम्मत हुने अधिकांश पालिकामा निधि पक्षधरले नै नेतृत्व प्राप्त गरेका छन्।

जिल्लाभरिको पालिकाको अधिवेशन सम्पन्‍न सर्वसम्मत भएकाहरुमा प्रमाणपत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरुमा प्रमाणपत्र दिने कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिएका छन्। 

धनुषा क्षेत्र नम्बर १ मा ५ पालिकाहरु पर्दछन्। जसमा धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हँसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत भएका छन् भने निर्वाचनबाट सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादवले नेतृत्व पाउन सफल भएका हुन्। 

धनुषा क्षेत्र नम्बर २ को ५ पालिकामा औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मत नेतृत्व पाएका हुन् भने बाँकी ४ पालिकामा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरिएको हो। विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले नेतृत्व पाएका हुन्। 

Metro Mart
vianet

क्षेत्र नम्बर ३ मा उपमहानगरपालिकासहित चार पालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ। प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मत नेतृत्व पाएका हुन्। 

क्षेत्र नम्बर ४ का चार पालिकामध्ये दुईमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो भने बाँकीमा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरिएको हो। पूर्वमन्त्री महेन्द्र यादवका अनुसार लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत नेतृत्व पाएका हुन् भने भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व प्राप्त गरेका हुन्। 

प्रकाशित: Nov 24, 2021| 15:28 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।