शुक्रबार, भदौ ५, २०८३

काठमाडौं-२ को कांग्रेस सभापतिमा शर्मा विजयी

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्मा २८५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गरेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को सभापतिमा कविर शर्मा विजयी भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्मा २८५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गरेका छन्। 

यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा (२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का (२६०) मत ल्याई विजय भएको निर्वाचन अधिकृत वासु रिजालले जानकारी दिए। 

उनका अनुसार महाधिवेशन प्रतिनिधिमा खुलातर्फ उपेन्द्र कार्की, ओमबहादुर कार्की, जयराज पुडासैनी, दीपकप्रसाद कुँइकेल, राजाराम तिवारी, रामशरण ढुङ्गाना, लवराज दाहाल, लोकेश ढकाल र शङ्कर थापा विजयी भएका छन्। 

यसैगरी, महाधिवेशन प्रतिनिधि खस आर्य खुलामा कृष्णबहादुर केसी, प्रवीनमान सिंह, दलिततर्फ हरिशरण नेपाली, मुस्लिम, अल्पसंख्यक, अपाङ्गतातर्फ नहकुल थापा, मधेसीतर्फ मुकेश मिश्र, खस आर्य महिलातर्फ मञ्जु खड्का र द्रोणा खड्का, खुला महिलातर्फ जानकी केसी, प्रतिमा गौतम, भद्रा भण्डारी, शर्मिला थापा कार्की निर्वाचित भएका छन्। 

प्रकाशित: Nov 24, 2021| 14:55 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...