शुक्रबार, भदौ ५, २०८३

एमाले महाधिवेशन : नारायणी किनारामा यसरी बन्दैछ मञ्च

एमालेको दसौं महाधिवेशनका लागि चितवनस्थित नारायणी नदीमा धमाधम मञ्च निर्माण भइरहेको छ।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं– एमालेको दसौं महाधिवेशनका लागि चितवनस्थित नारायणी नदीमा धमाधम मञ्च निर्माण भइरहेको छ। मञ्च व्यवस्थापन समिति संयोजक एवम् एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन उद्घाटन स्थल र मञ्च निर्माणको काम तीव्र ढंगले भइरहेको जानकारी दिएका हुन्। उनले महाधिवेशन उद्घाटन कार्यक्रम ऐतिहासिक र भव्य बनाइने बताए। तामाङको नेतृत्वमा महेन्द्र श्रेष्ठको डिजाइन र विनोद श्रेष्ठको फिल्ड इन्चार्जसिपमा मञ्च र उद्घाटन स्थल निर्माण भइरहेको छ।

उद्घाटन अवधिभर पूर्वपश्चिम राजमार्ग बन्द

एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले भीड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडी प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाट मंसिर १० गते नारायणगढ नारायणी नदी किनारमा आयोजना हुँदैछ। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आएका गाडीलाई पूर्वी नवलपरासीको गैंडाकोटमा र पूर्वबाट आउने गाडीलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए।

काठमाडौं र पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीलाई आँपटारी र पूर्वबाट आउने गाडीलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने भएको छ।

प्रकाशित: Nov 24, 2021| 12:22 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...