शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

मंगलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण बुधबार पुनः मतदान हुन लागेको हो।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ। मंगलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण बुधबार पुनः मतदान हुन लागेको हो।

जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन समितिका अनुसार मंगलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए। नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए।

५१ प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै विजयी हुने कांग्रेसको विधानमा व्यवस्था छ। जिल्लामा कूल एक हजार १०७ मतदाता छन्। 

प्रकाशित: Nov 24, 2021| 11:06 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...