काठमाडौं- नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले ७ सय ३१ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी ईन्द्रमणि पौडेलले ३ सय ५२ मत र यादव घिमिरेले ३ सय ९ मत ल्याएका थिए। श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, मानबहादुर विश्वकर्मालगायतले घिमिरेलाई साथ दिएका थिए। तर, पनि उनले जित हात पार्न सकेनन्।