शुक्रबार, भदौ ५, २०८३

कांग्रेस प्युठान सभापतिमा गिरी निर्वाचित

नेपाली कांग्रेस प्युठानको सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन्। उनी पौडेल/सिटौला पक्षीय नेता हुन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

रूपन्देही- नेपाली कांग्रेस प्युठानको सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन्। उनी पौडेल/सिटौला पक्षीय नेता हुन्।

सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याएका थिए। रिजालले भने ४ सय ९४ मत प्राप्त गरेका थिए। ९ मत बदर भएकोमा गिरी ७२ मत अन्तरले विजयी भएका हुन्। 

नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिवसमेत हुन् । गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए। 

यसका साथै जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ।

जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन्।

प्रकाशित: Nov 24, 2021| 08:59 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...