काठमाडौं– नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गर्दै चन्द विजयी भएका हुन्।
चन्दले ८०९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी भट्टले ४८९ मत ल्याएका थिए। यसैगरी, उपसभापतिमा खगेन्द्र सिंह धामी र वीरबहादुर बिष्ट, सचिवमा देबराज जोशी र प्रमबहादुर चन्द विजयी भएका छन्।
सहसचिवमा दशरथ सिंह चाड र दिपेन्द्र बहादुर चन्द निर्वाचित भएका छन्। प्रदेश सभा क्षेत्र 'क’ सभापतिमा भगिश्वर योङहाङ र क्षेत्र 'ख’ सभापतिमा मैया श्रेष्ठ लावती निर्वाचित भएका छन्।