शुक्रबार, भदौ ५, २०८३

जसले बढी मत ल्याउँछ, उसैलाई मन पराउँछु : ओली

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा जसले बढी मत ल्याउँछ उसैलाई आफूलाई मन पराउने बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा जसले  बढी मत ल्याउँछ उसैलाई आफूलाई मन पराउने बताएका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले यस्तो बताएका हुन्। 

वरिष्ठ उपाध्यक्ष र महासचिव लगायतका पदाधिकारी र केन्द्रीय समिति सदस्यहरूमा ओलीको प्राथमिकतामा को  परेका छन् भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले आफूलाई बढी भोट ल्याउने वा निर्विरोध हुने व्यक्ति नै मन पर्ने बताएका हुन्। 

'वरिष्ठ उपाध्यक्ष र महासचिवमा निर्विरोध भएर होस् वा सर्वाधिक बढी भोट जसले ल्याएउँछ। त्यसलाई नै मैले सबैभन्दा बढी मन पराउँछु,' उनको चलाखीपूर्ण उत्तर थियो, 'कार्यकर्ता/प्रतिनिधिले छानेको निर्णयलाई अनादर गर्न सक्दिनँ। परिणाम आएपछि म मन पराउँछु।' 

प्रकाशित: Nov 23, 2021| 15:37 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...