शुक्रबार, भदौ ५, २०८३

'एमाले महाधिवेशनमा आठ करोडजति खर्च लाग्ला, त्यो खासै ठूलो हैन'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन खर्चिलो भयो भन्न नमिल्ने बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन खर्चिलो भयो भन्न नमिल्ने बताएका छन्। मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा उनले खर्च कम गरौं भन्दा पनि नसकिने तर्क गरे।

ओलीले भने, ‘मञ्च बनाउन खर्च त लाग्ने नै भयो। ठूलो परिवार भएपछि खाना खर्च नै ठूलो हुन्छ। दाल, चामल नै बढी लाग्छ। केही खर्च अनुत्पादक पनि हुन्छ, त्यो कुरा छोड्दिउँ। विशाल मञ्च बनाउनुपर्छ, त्यो नभाँचिने खालको हुनुपर्यो। खर्च त लाग्छ नि। ८ लाख ५५ हजार ४५३ सदस्य भएको पार्टीले सानातिना खर्चलाई ठूलो रुपमा लिनुहुन्न। नसक्नेले १०० रुपैयाँ र हुनेले अलि बढी दिने भनेर मागेका पनि छौं। आठ करोड जति खर्च होला। त्यसलाई सामान्य रुपमा लिउँ।’

आफूहरु नेताको व्यवस्थापनमा नअल्झिने बरु देशका जनताको व्यवस्थापनमा लाग्ने उनले सुनाए। ‘त्यसकारण पार्टीमा भोट ल्याएर जित्नैपर्छ। नेताहरुको व्यवस्थापन मुख्य कुरा होइन। पार्टी एउटा संगठनको रुपमा अघि बढ्छ। पार्टीको अभ्यास भीम रावलजीले गर्नुभयो। उहाँ सन्तुष्ट भएको देखेर म पनि सन्तुष्ट भएँ। सहमतिका साथ जानुहुन्छ भने ठिक छ। कर लगाएर उठ्दिनुस् भन्न परोस्,’ ओलीले भने। 

प्रकाशित: Nov 23, 2021| 15:31 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...