काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा केही व्यक्तिहरू चोइटिएर गएपछि 'ल्याङल्याङ' पनि अन्त्य भएको बताएका छन्। सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले यस्तो बताएका हुन्।
आफूहरू फुटेको भन्ने कुरा सत्य नभएको उनको दाबी थियो। 'एमाले फुट्यो भन्ने कुरा होइन। सत्तामा थियो प्रतिपक्षमा गयो, भएको यति मात्र हो,' उनले भने।
माधव कुमार नेपालले दल विभाजन गर्नु पार्टी शुद्धीकरणको अवसरका रूपमा अर्थ्याएका थिए। 'केही मानिसहरू चोइटिएर जाँदा त्यसले सदृढीकरणका लागि सहयोग गरेको छ। यो शुद्धीकरणको ठूलो अवसर पनि हो। ल्याङल्याङ भन्ने शब्द थियो। अन्त्य भयो,' उनको दाबी छ, 'मतदाता घटेका छैनन्। केही मानिस बिग्रिए तर त्योभन्दा प्रवेश गरिरहेका छन्।'
नेपाललाई पार्टीका रूपमा निम्ता गर्न नमिलेको पनि उनको भनाइ थियो। आफ्नो सरकार ढाल्ने र विपक्षीको सरकार बनाउने पार्टीविरोधी गतियविधि गरेकाले साउन २५ मा नै कारबाही गरी निष्काशन गरेकाले उनलाई निम्ता नगरिएको उनको दाबी थियो।