शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डलाई ओलीको प्रश्न : तपाईं चुनाव लड्या जिल्लामा टेक्नै नहुने हो?

प्रचण्डलाई ओलीको प्रश्न : तपाईं चुनाव लड्या जिल्लामा टेक्नै नहुने हो?

'कोही कहीँ चुनाव लड्या छ भने जिल्लै टेक्न नहुने हो? म त्यो बाटो हिँडे भने मलाई सिद्याउन यो बाटो हिँड्यो भन्ने?' ओलीको प्रश्न थियो।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लडेको जिल्ला नै अरुले टेक्नै नहुने हो भन्दै प्रतिप्रश्न गरेका छन्।  महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले यस्तो प्रश्न उठाएका हुन्। 

'कोही कहीँ चुनाव लड्या छ भने जिल्लै टेक्न नहुने हो? म त्यो बाटो हिँडे भने मलाई सिद्याउन यो बाटो हिँड्यो भन्ने?' ओलीको प्रश्न थियो। 

केही दिनअघि मात्रै चितवन पुगरे प्रचण्डले आफूलाई सिध्याउनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताएका थिए। प्रचण्डको उक्त भनाइलाई नै प्रचण्डले जवाफ फर्काएका हुन्। 

'महाधिवेशन कहाँ गर्ने भन्ने समस्या हुने भयो। रोल्पा गरौं भने पहिले उहाँ चुनाव लडेको ठाउँ, पछि सिरहाबाट  पनि लड्नु भयो। काठमाडौंमा पनि चुनाव लडिसक्नुभएको छ। चितवनमा अलि पछि चुनाव लडेको ठाउँ। अब महाधिवेशन गर्दैमा उहाँलाई के आपत्ति छ?'

'रोल्पामा गरौँ भने ठाउँ, सिराहामा पनि चुनाव लड्या ठाउँ। काठमाडौंमा पनि उहाँ लड्नु भएको छ। अनि कहाँ गर्ने त एमाले महाधिवेशन? उनले भनेका थिए। 

ओलीले आफ्नो निर्वाचन क्षेत्रमा गएर चुनाव लड्नसमेत प्रचण्डलाई आग्रह गरेका थिए।

प्रकाशित: Nov 23, 2021| 15:15 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...