शुक्रबार, भदौ ५, २०८३

सत्ताबाट बाहिरिँदा एमालेलाई फाइदै भयो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट बाहिरिँदा फाइदा भएको बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट बाहिरिँदा फाइदा भएको बताएका छन्। सत्ताबाट बाहिरिएर एमाले कमजोर नभएको दाबी उनले गरे।

ओलीले भने, ‘नेकपा एमाले कमजोर भयो भन्ने कुरा छ। सत्तामा थियो, प्रतिपक्षमा गयो। शुद्धीकरणको मौका मिलेको छ। ल्याङल्याङ अन्त्य भयो। हामीले निर्वाचित गराएका केही मानिसहरु बाहिरिए। मतदाता घटेका छैनन्। ४५ सयले प्रवेश गरे नेपालगञ्जमा। धनकुटामा ९ सय, झापामा ३ हजार प्रवेश गराइयो। एमाले एकजुट छ भन्ने सन्देश गएको छ।’ आगामी निर्वाचनबाट एमालेको सरकार बन्ने दाबी ओलीले गरे। एमालेको दसौं महाधिवेशन सुरु हुनु दुई दिनअघि मंगलबार अध्यक्ष ओली काठमाडौंका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै थिए। अन्तरक्रियामा उनले पार्टीको आशन्न महाधिवेशनसँगै समसामयिक राजनीतिबारे आफ्ना कुरा राखे। एमालेविरुद्ध अलोकतान्त्रिक गतिविधि गरेको र एमालेले निष्कासित गरेको गुटलाई महाधिवेशनमा निम्ता नगरिएको उनले सुनाए।

ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि जवाफ दिए। भने, ‘माओवादीलाई त महाधिवेशन कहाँ गर्ने भन्ने समस्या हुने भयो। रोल्पा गरौं भने पहिले चुनाव लडेको ठाउँ, सिरहापछि काठमाडौंमा पनि चुनाव लडेको। चितवनमा अलिपछि चुनाव लडेको ठाउँ। अब महाधिवेशन गर्दैमा उहाँलाई के आपत्ति छ? प्रचण्डजीलाई उहाँको निर्वाचन क्षेत्रमा महाधिवेशन गरेको भन्ने लागेको छ भने झापा आएर महाधिवेशन गर्नुस्। झापाको दमकमा आएरर गर्नुस्। कोही चुनाव लडेको हुँदैमा जिल्ला नै उसको हुने हुँदैन।

प्रकाशित: Nov 23, 2021| 15:12 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...