शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको दाबी- नेपालका गाडीले बोक्न सक्ने जति मानिस उद्घाटन सत्रमा सहभागी हुन्छन्

ओलीको दाबी- नेपालका गाडीले बोक्न सक्ने जति मानिस उद्घाटन सत्रमा सहभागी हुन्छन्

'नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस त्यहाँ आउनेछन्। पैदल नै हिँडेर पुग्ने ठाउँका मान्छे पनि सबै जान्छन्। सार्वजनिक सानाठूला सबै बसले बोक्न सक्ने जति उपस्थिति त्यहाँ हुनेछ,' ओलीको दाबी छ।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा हुन लागेको महाधिवेशनको नेपालका सवारी साधनले बोक्नसक्ने जति मानिस आउने दाबी गरेका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। 

'नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस त्यहाँ आउनेछन्। पैदल नै हिँडेर पुग्ने ठाउँका मान्छे पनि सबै जान्छन्। सार्वजनिक सानाठूला सबै बसले बोक्न सक्ने जति उपस्थिति त्यहाँ हुनेछ,' ओलीको दाबी छ।  

नेपालका सार्वजनिक बसहरूको क्षमता आफूलाई यकिन तथ्यांक थाहा नभएपनि न्यूनतम रूपमा पनि ५ लाखभन्दा बढी मानिसले सहभागी हुने उनको दाबी छ। 'जनसहभागिताको कमी हुने छैन। सवारीले साधनले सीमित गर्ने मात्र हो। सार्वजनिक सवारीको अधिकतम सीमामा मानिसहरू सहभागी हुनेछन्।'

ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दिएर भीम रावलले आफूलाई चुनौती दिएको भन्ने कुरा गलत भएको दाबी गरे। 'गलत व्याख्या गर्नु हुँदैन। रावलले मलाई चुनौती दिनुभएको छैन। मप्रति रावलजीले बढी माया गर्नुहुन्छ। उहाँले  कुनै चुनौती भन्नुभएको छैन। उहाँको स्नेहपूर्ण सुझावबाट म उत्साहित छु,' उनले भने, 'यो सुझाव एक खाले मान्छेहरूले मन पराउने सुझाव पनि हो। मलाई विश्राम लिनुपर्ने सुझाव दिनुभएको होइन।'

विधिपद्धतिसम्मत चुनौती दिएमा आफूले त्यसलाई स्वागत गर्नेसमेत उनले बताए। उनले लोकतन्त्रमा चुनौती स्वाभाविक भएको समेत उल्लेख गरेका थिए। 'लोकतन्त्रमा चुनौती स्वाभाविक हो। मविरुद्ध कोही उठ्छ भने म त्यसलाई नउठे हुन्थ्यो भन्ने पक्षमा छैन। म कसैलाई पनि दबाब दिन्नँ।'

एमालेले  मंसिर १० गते चितवनमा महाविधेशनको उद्धाटन गर्ने तयारी गरेको छ। ओलीले एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै आएका थिए। तर रावलले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि ओलीको उक्त चाहनामा ब्रेक लागेको छ। 


प्रकाशित: Nov 23, 2021| 15:09 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...