शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मैले विश्राम लिए हुन्थ्यो भन्ने सुझाव पार्टीबाहिरबाट पनि आएको छ : ओली

मैले विश्राम लिए हुन्थ्यो भन्ने सुझाव पार्टीबाहिरबाट पनि आएको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले भीम रावलले आफूलाई चुनौती नदिएको बताएका छन्।

पार्टीको दसौं महाधिवेशन सुरु हुनु दुई दिनअघि मगलबार पत्रकारहरुलाई अन्तरक्रियलाका लागि बोलाएका ओलीले भने, ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन। मप्रति आदर र माया देखाउनुभएको छ। थकाइ लागेको हो कि, हो भने म उठ्छु भन्नुभएको छ। मलाई सुझाव दिनुभएको छ। मैले विश्राम लिए हुन्थ्यो भन्ने पार्टीबाहिर पनि सुझाव आएको छ। लोकतान्त्रिक पार्टी हो, कुनै जोरजुलुम छैन। मैले उठ्ने–नउठ्ने टुंगो गरेँ भने मलाई छोड्न पनि पाइन्छ, चुनौती पनि दिन पाइन्छ। म कसैलाई दबाब दिने पक्षमा छैन।’ 

हालैको विधान महाधिवेशनबाट थपिएको वरिष्ठ उपाध्यक्षबारे ओलीले भने, ‘वरिष्ठ उपाध्यक्ष या त निर्विरोध या त सबैभन्दा बढी मत ल्याएर जितेको मेरो मन पराएको मान्छे हुन्छ। महासचिवको हकमा पनि त्यही हो।’

गत असोजमा भएको विधान महाधिवेशनबाट देश बनाउने नीति र योजनाहरु पारित गरिसकेको बताउँदै ओलीले चितवनमा ती नीतिहरुको कार्यान्वयन कसले गर्न भन्ने टुंगो लाग्ने उल्लेख गरे। ‘देशलाई कस्ता नीति, कार्यक्रम, आचरण र व्यवहारका साथ अघि बढाउन सकिन्छ भन्ने पारित गरेका नीतिहरुको प्रभावकारितालाई कसको नेतृत्वमा अघि बढाउन यो महाधिवेशन केन्द्रित हुनेछ,’ उनले भने। 

प्रकाशित: Nov 23, 2021| 14:54 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...