शुक्रबार, भदौ ५, २०८३

एमालेको दसौं महाधिवेशन ऐतिहासिक : भट्टराई

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनक‍ो विशिष्ट र ऐतिहासिक महत्व रहेको बताएका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनक‍ो विशिष्ट र ऐतिहासिक महत्व रहेको बताएका छन्।

पार्टी अध्यक्ष केपी ओलीले सोमबार आयोजना गरेको महाधिवेशन लक्षित पत्रकार अन्तरक्रिया कार्यक्रममा भट्टराईले गत असोज १५ मा ६ हजार ६ सयभन्दा बढीको सहभागितामा विधान महाधिवेशन सम्पन्न भएको सन्दर्भ उल्लेख गर्दै नेकपा एमाले संगठनात्मक व्यवस्थापनमा अगुवा पार्टी भएको दाबी गरे।

‘नवौं महाधिवेशनबाट विधानलाई अलग र नेतृत्व चयनका लागि अलग महाधिवेशन गर्न सुरु गरिएको छ। जनतामा आधारित शक्तिलाई चितवन महाधिवेशनले प्रमाणित गरेको छ। जनप्रदर्शनको हिसाबले यो ऐतिहासिक हुनेछ। पाँच लाखभन्दा बढीको सहभागिता हुनेछ,’ उनले भने। 

महाधिवेशनका लागि दुई हजारभन्दा बढी प्रतिनिधि चयन भएको बताउँदै उनले ९५ प्रतिशत सर्वसम्मत चयन भएको जानकारी दिए। महाधिवेशनको तयारीबारे उनले भने, ‘जनसमुदायलाई व्यवस्थित ढंगले राख्न दुई तलाको मञ्च बन्दैछ। नारायणीमा मात्र अटाउन सक्ने अवस्था नभएकोले गैंडाकोटमा पनि स्क्रिन राखिनेछ। एमालेका हजारौं कार्यकर्ता र विभिन्न राजनीतिक दलको सहभागिता रहनेछ। नेपालमै पहिलो पटक ७२ जना कलाकारको सामूहिक धुनमा कार्यक्रम उद्घाटन गरिनेछ। बन्द सत्र सौराहामा हुनेछ। होटलका ३५ सय बेड बुकिङ भइसकेका छन्। प्रतिनिधिलाई आवास र खानाको व्यवस्थापन भइसकेको छ। बन्दसत्रका लागि ५ सय र उद्घाटन कार्यक्रमका लागि पाँच हजार स्वयंसेवक खटिनेछन्।’

ई–भोटिङ हुने भएकोले चाँडै नतिजा आउने उनले बताए।  आपपतकालीन स्वास्थ सेवाका लागि २०० भन्दा बढी स्वास्थ्यकर्मी खटिने, सौराहामा मिडिया सेन्टर राखिने उनले जनाए।

प्रकाशित: Nov 23, 2021| 14:45 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...