शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने– पपुलर मत ल्याएर जित्छु

एमाले सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने– पपुलर मत ल्याएर जित्छु

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दावी समेत गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष केपी ओलीसँग हार्दिक सम्बन्ध रहेको र आफैं पनि  आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क गरे।

उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए। उनले भने, ‘मलाई देशभरका एमाले कार्यकर्ताले माया गर्छन्, अध्यक्षले मात्रै होइन। सबैले माया गर्नुहुन्छ र मलाई लाग्छ निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु भन्ने लाग्छ।’

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरे। रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझावसमेत उनले दिए। ‘उहाँले अध्यक्षमा दावी गरेर राम्रो सन्देश गएन कि भन्ने मलाई लाग्छ। उम्मेदवारी फिर्ता गरेर पार्टीभित्र महत्वपूर्ण भूमिका उनले विगतदेखि जुन खेल्दै आउनुभएको छ, त्यसलाई निरन्तरता दिने हिसाबले नै आफूलाई स्थापित गरेर जाने कुरा सबैभन्दा राम्रो हुन्छ,’ बस्नेतले भने।

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र दश बुँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए।


प्रकाशित: Nov 23, 2021| 14:11 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...