शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको तामाङले जानकारी दिए। उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ। एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनित प्रतिनिधि छनोटका लागि बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको तामाङले जानकारी दिए। उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ। 

एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि ५ प्रतिशत मनोनित प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ।

यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन्।

प्रकाशित: Nov 22, 2021| 21:35 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...