प्रधानन्यायाधीशको अधिकार कटौती
सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ।
सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो। राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो। यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ।
बिहिबार बसेको सर्वोच्चको फूल कोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो। फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो। सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ।
प्रधानन्यायाधीशलाई पदमुक्त गर्न माग गर्दै बारले बुझायो दललाई ज्ञापनपत्र
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदमुक्त गर्न माग गर्दे प्रमुख दलहरुलाई ज्ञापन पत्र बुझाएको छ।
बारका पादधिकारीहरुले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका नेताहरुलाई ज्ञापन पत्र बुझाएका हुन्। यस्तै सभामुख अग्नी प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनालाई पनि बारले ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु दलहरुको साथ खोज्न बाध्य भएको बताए।
महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए। प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाए। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ। तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले राजनीतिक दल र संसदको सहयोग खाजेको हो।
न्यायपालिकाको समस्याप्रति गम्भीर बन्नुपर्छ : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्ने बताएका छन्।
सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भिर हुनुपर्ने बताएका हुन्। उनले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै उहाँले न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिए।
सभामुख सापकोटाले न्यायपालिकाको समस्या समाधानका लागि आफ्नो विवेक र चेतनाले निर्देशित गरे अनुसार लाग्ने बताए। आफूलाई सत्य के हो भन्ने लाग्छ सोही अनुसार सत्यको पक्षमा पहलकदमी लिने उनको भनाई छ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको निम्ति गरिरहेको आन्दोलन बारे जानकारी गराउँदै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ। बारले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानन्यायाधीशको बर्हिगमन र न्यापालिकाको सुधारको निम्ति दृढतापूर्वक उभिन राजनीतिक दललगायत सरोकारवाला सबैलाई आव्हान गर्दै आएको छ।
प्रधानन्यायाधीशले अदालत छोड्नुपर्छ : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालत छोडेर जानुपर्ने बताएका छन्।
सोमबार नेपाल बार एशोसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अदालत छोडेर जानुपर्ने बताएक हुन्। उनले अदालतमा बार सम्बद्ध कानून व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति समेत जनाए। प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको टिप्पणी समेत गरे।
प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरुमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनु भयो। नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमबार लोसपासहित अन्य विभिन्न दलहरूलाई ज्ञापनपत्र बुझाएका छन्।
ओलीलाई अध्यक्ष बनाउने चाहना छ : बादल
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताएका छन्।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताएका हुन। पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे।
नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी गरे। उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको बताए।
कांग्रेस महाधिवेशनमा भड्किलो प्रचारा
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा आम निर्वाचनकै झल्को देखिएको छ। सोमवार तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनले आम निर्वाचनको झल्को दिएको हो।
सडकदेखि तिनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो। कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ।
क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्वसभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको छुट्टाछुट्टै प्यानल बिच प्रतिस्पर्धा रहेको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा पूराना नेता शुक्ररज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल छ भने क्षेत्र नम्बर ३ मा तरुण दल सभापति मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरको देखिने गरि प्यानल बनेको छ।
पार्टीमा देखिएको यस किसिमको आकर्षणले पार्टी अझ उन्नत र गतिशील बनाएर मुलुकलाई समुन्नतिको गन्तव्यमा लैजान महत्वपूर्ण भूमिका खेल्ने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका भौतिक योजनामन्त्री कुमार खड्काले बताए।
कांग्रेसमा देखिएको गुटगत प्रतिस्पर्धा र तामझाम चुनावपछि सकिन्छ कि यसको परिणाम आगामी तिनै तहको निर्वाचनमा पर्ने हो भन्ने सम्बन्धमा नेता, कार्यकर्ता चिन्तित बनेका छन्।
जनकपुर उपमहानगरमा ताला
जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्। नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक पटक आफूहरुले सफाईको लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरुसँग अभद्र व्यवहार गर्ने गरेको बताए।
अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए।
नेप्से बढ्यो
साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ।
सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ। आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ।
३८५ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन्।नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ।
यात्रा प्रतिबन्ध हटाउँदै अस्ट्रेलिया
अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ।
कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन्। अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाइ गरेको थियो। नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोकविना अस्ट्रेलिया फर्किन पाउनेछन्। प्रतिबन्ध फुकुवासँगै दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने महासंघको निष्कर्ष
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ।
काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो। सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताउनु भयो। पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उहाँले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताए।
अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउका छन्।
भिडियो