शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिका आकांक्षी विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र [पूर्णपाठ]

सभापतिका आकांक्षी विमलेन्द्र निधिले सार्वजनिक गरे २३ बुँदे घोषणापत्र [पूर्णपाठ]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका आकांक्षी विमलेन्द्र निधिले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। 

निधिका प्रेस सल्लाहकार रामजी दाहालले सामाजिक सञ्‍जालमार्फत सोमबार बेलुका २३२ बुँदे संक्षिप्त घोषणापत्र सार्वजनिक गरेका हुन्। 

संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको निधिले उल्लेख गरेका छन्। 

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्‍न लागेको निधिले बताएका छन्

वैचारिक रुपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस सभापति पदमा आफूले उम्मेदवारी दिन लागेको निधिले उल्लखे गरेका छन्। 

उनको घोषणापत्रमा भनिएको छ, 'नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न। राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न।'

जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहने निधिले जनाएका छन्। 

कांग्रेस महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म् काठमाडौंमा हुने भएको छ। 

निधिको घोषणापत्र जस्ताको तस्तै:


 

प्रकाशित: Nov 22, 2021| 19:30 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...