शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा पक्ष गलत मानसिकताका साथ अघि बढ्यो, निर्वाचन समिति निष्पक्ष छैन : कोइराला

देउवा पक्ष गलत मानसिकताका साथ अघि बढ्यो, निर्वाचन समिति निष्पक्ष छैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा पक्ष मानसिकताका साथ अघि बढेको र १४औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा पक्ष मानसिकताका साथ अघि बढेको र १४औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका हुन्। 

१४औं महाधिवेशन निष्पक्ष र धाँधलीरहित भनेर सभापति शेरबहादुर देउवाले भने पनि त्यसविपरीतका गतिबिधि भइरहेको उनको भनाइ छ। सभापतिकै निर्देशनमा निर्वाचन समिति गलत तरिकाले अघि बढेको कोइरालाले आरोप लगाए। उनले भने, ‘डडेल्धुरामा ३ जना निर्वाचन अधिकृत परिवर्तन गरेर अधिवेशन गराइएको घटनाबाटै अधिवेशन कसरी भइरहेको स्पष्ट हुन्छ।’  

डडेल्धुरा र सर्लाहीको निर्वाचनले निर्वाचन समितिमाथि प्रश्न उठेको उनले बताए। प्रधानमन्त्री र देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाउँदै उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेको बताए।

देउवाकै कारण तोकिएकै समयमा महाधिवेशन नभएको  उनको जिकिर छ। 

प्रकाशित: Nov 22, 2021| 18:09 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...