शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिका आकांक्षी प्रकाशमानका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधि

सभापतिका आकांक्षी प्रकाशमानका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सभापति पदका आकांक्षी प्रकाशमान सिंहका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सभापति पदका आकांक्षी प्रकाशमान सिंहका श्रीमती र छोरा पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। 

सभापतिका आकांक्षी सिंहकी श्रीमती सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। उनीहरु काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। 

आमा-छोरा दुबै समावेशीतर्फको कोटाबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। एक निर्वाचन क्षेत्रबाट २५ महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रावधान रहेको छ। 

प्रकाशमानपुत्र प्रभासमान गणेश मान सिंह फाउन्डेसनका अध्यक्ष हुन्। प्रकाशमान यसअघि काठमाडौंको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था अनुसार प्रकाशमान स्वत: महाधिवेशन प्रतिनिधि हुने भएका छन्। 

कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। उपधारा १ को (ग) मा भनिएको छ, ‘निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुनेछन्।’

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत विवाद समाधान नभएका जिल्लाबाहेकका जिल्लामा सोमबार महाधिवेशन प्रतिनिधि छनोट भइरहेको छ। 

प्रकाशित: Nov 22, 2021| 16:38 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...