शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मिलन पाण्डेले माफी माग्दै भने – साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो

मिलन पाण्डेले माफी माग्दै भने – साझा पार्टीसँग एकीकरण गरेर गल्ती भयो

नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझा पार्टीसँगको एकीकरण गल्ती भएको बताएका छन्। कर्मा लामा तामाङको अध्यक्षतामा निर्वाचन आयोगमा सोमबार दर्ता भएको नेपाल विवेकशील पार्टीलाई बधाई दिँदै संयोजक पाण्डेले अर्को पक्षसँग ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’का एजेन्डामा विश्वास गर्नु नै गल्ती भएको बताएका हुन्।

अर्को पक्षको नेतृत्वले लिखित रूपमा (अग्रगामी, प्रगतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने) र मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकोले विश्वास गरेको उनको भनाइ छ।

‘आखिर राजनीति विश्वास न हो। हामीले विश्वास गर्‍यौं। त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौं।’

उनले भनेका छन्, ‘हामीलाई लाग्यो लिखित रूपमा पनि यत्ति स्पष्ट छ। मौखिक रूपमा पनि सहमति छ।’ आफूहरुले सुसंस्कृत विवेकशील राजनीति गरिरहेकाले लप्पनछप्पन गर्ने कुरा सोच्न नसकेको पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘आखिर राजनीति विश्वास न हो। हामीले विश्वास गर्‍यौं। त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौं।’

उनले वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा अहिलेको परिस्थिति आएको बताएका छन्। उनले भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरू १३ जनासँग माफी माग्छु। हाम्रो उद्देश्य पवित्र थियो।’

उनले विवेकशील साझा पार्टीलाई अग्रगामी, प्रगतिशील, संविधानवादलाई पालना गर्ने पार्टी र विगतका आन्दोलनका उपलब्धिलाई जोगाउने पार्टीको रूपमा खडा गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले भनेका छन्, ‘विवेकशील साझा पार्टीको हाम्रो पक्ष वैचारिक रूपमा स्पष्ट छ। विवेकशील साझा पार्टीभित्रका सयौं साथीहरू ‘मूल बाटो’ मै हुनुहुन्छ। सङ्गठनका हिसाबले पनि पार्टीभित्र ‘मूल बाटो’ कमजोर छैन। केही कानुनी काम बाँकी छन्।’

उनले पार्टीका संस्थापक उज्वल थापाले देखेको सपना मर्न नदिने प्रतिबद्धता पनि जनाएका छन्। उनले भनेका छन्, ‘हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौं।’

प्रकाशित: Nov 22, 2021| 12:56 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...