शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निर्विकल्प अध्यक्ष बन्ने ओलीको सपनामा बाधक बने भीम रावल

थप एक कार्यकाल नेकपा (एमाले) को निर्विकल्प अध्यक्ष बन्ने केपी शर्मा ओलीको योजनामा धक्का लाग्ने भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– थप एक कार्यकाल नेकपा (एमाले) को निर्विकल्प अध्यक्ष बन्ने केपी शर्मा ओलीको योजनामा धक्का लाग्ने भएको छ।

triton college

महाधिवेशन सुरु हुन ५ दिन बाँकी हुँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि ओली सर्वसम्मत नहुने भएका हुन्। यही मंसिर १० देखि १२ गतेसम्म हुन लागेको १०औं महाधिवेशनबाट ओली निर्विकल्प अध्यक्ष बन्ने दाउमा थिए। 

एमाले फुटेर वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल अलग्गिएसँगै ओली पार्टीको निर्विकल्प अध्यक्षजस्तै देखिएका थिए। पार्टी फुट्नु भन्दा पहिले नेता नेपाल निकट रहेका उपाध्यक्ष रावल ओलीसँग लड्ने निष्कर्षमा पुगेका हुन्। उनले केही दिनअघि गृह जिल्ला अछाम पुगेर पार्टी अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले पार्टी कार्यालयमा ठाउँ नपाएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपरेको बताए। रावलले भने, ‘थापाथलीस्थित नेकपा एमालेको मुख्य कार्यालयबाट नै उम्मेदवारी दिने योजना बनाएको थिएँ।  तर, महासचिवबाट महाधिवेशनको व्यस्तताले त्यहाँ कक्षाहरु खाली नभएको सूचना पाएँ। त्यहाँ ठाउँ खाली नभएपछि रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको हुँ।’

२०७५ साल जेठ ३ गते पार्टी एकीकरण भई नेकपा बनेपछि आन्तरिक भूमरिमा परेको प्रसंग उल्लेख गर्दै रावलले नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा लागेपछि पार्टी कमजोर भएको तर्क गरे। नेकपालाई केन्द्रसहित ६ वटा प्रदेशको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेको उनको भनाइ थियो।

Metro Mart
vianet

‘पद र अवसरको भागबण्डाका कारण पार्टी थप धराशायी बन्दै गयो। पार्टीका सिद्धान्त र विचारहरुलाई सत्ताको बार्गेनिङमा बलि चढाइयो,’ रावलले भने। रावलले पार्टीका औपचारिक बैठकहरुले जारी गरेका अन्तरपार्टी निर्देशन नै नेतृत्वले अस्वीकार गरेको आरोप लगाए।

उनले सत्ता स्वार्थका लागि जोसँग गठबन्धन गरे पनि जस्तो गठबन्धन गरे पनि हुने किसिमले पार्टी अघि बढेको अवस्थामा सर्वोच्चको आदेश अनुसार २०७७ फागुन २३ गते नेकपा विभाजन गरि नेकपा एमाले ब्युँतिएको सन्दर्भ उल्लेख गरे। एमालेलाई बलियो बनाउनका लागि आफूहरु लागे पनि पार्टी एकताको अभियानलाई नेतृत्वले नै अस्वीकार गरेको गुनासो गरे।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले पार्टी कार्यालयमा ठाउँ नपाएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपरेको बताए।

पार्टीको एक समूह पार्टी फुटाएर बाहिरिएसँगै संघ र प्रदेशहरुमा नेकपा एमाले सत्ताबाट बाहिरिएको उनले बताए। ‘कहाँ कसको र कुन किसिमको त्रुटी भयो भन्‍नेतर्फ ठण्डा दिमाग र आग्रहरहित दिमागले सोच्‍नु जरुरी छ। विधान महाधिवेशनबाट पार्टीको विधानलगायत संरचनात्मक प्रतिवेदनहरु पारित भए पनि त्यसका लागि जिम्मेवार नेतृत्व आवश्यक हुन्छ।  पार्टी एकताका लागि गरिएको १० बुँदे समझदारी कार्यान्वयनतर्फ नेतृत्व तयार नभएको परिस्थिति छ,’ रावलले भने। 

उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए। रावलले भने, ‘पार्टी एकता पक्षमा र फुटको विपक्षमा उभिएको छ। नेकपा एमालेका कतिपय आयामहरु मैले सोचे अनुरुप भएनन्। जनता र देशका लागि पार्टी उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्‍नु मेरो कर्तव्य  हो। मुलुकलाई समृद्धि दिनका लागि पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। यही दृढ संकल्पका साथ २०७८ मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्षमा उम्मदवारी दिने घोषणा गर्दछु।’

रावल पछिल्लो समय पार्टीभित्र अध्यक्ष केपी ओलीका निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए। अध्यक्ष ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्टलाई नियुक्त गरेपछि उनी झनै रुष्ट बनेका थिए। भट्ट माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्।

राजनीतिक विश्लेषकहरू पार्टीमा ओली हावी भइरहेको समयमा उनको विकल्पमा कोही उभिनु सकारात्मक भएको बताउँछन्। लोकतन्त्रको सुन्दर पक्ष नै एकल उम्मेदवारी नहुनु रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए। ‘मैले मंसिर १ गतेदेखि नेताहरूको विषयमा बोल्न छोडको छु। नेपाली राजनीति र त्यसका पात्रहरू विश्लेषण गर्न योग्य नै रहेनन्। तर, पनि लोकतन्त्रमा धेरै जनाको उम्मेदवारी हुनु सुन्दर पक्ष हो। रावलको उम्मेदवारीलाई स्वागत गर्नुपर्छ,’ उनले भने।

उनले धेरै जना उम्मेदवार हुँदा जनताले ती मध्येको राम्रो व्यक्तिलाई छनोट गर्न पाउने बताएका छन्। तर, नेपाली नेताहरूमा आफ्नो विरुद्ध उठ्ने व्यक्तिलाई शत्रुतापूर्ण व्यवहारले हेर्ने दुषित प्रवृत्ति रहेको श्रेष्ठले बताए। ‘सच्चिनका लागि पनि गलत कुराको विरोध हुनुपर्छ। नेपाली नेताहरूमा त्यो संस्कार पाइँदैन। जसले गर्दा कसैले विरोध गर्यो कि शत्रुतापूर्ण दृष्टिले हेर्छन्,’ उनले भने। लोकतन्त्रको अर्को सुन्दर पक्ष भनेकै गलत कुराहरूको विरोध गर्न पाउनु रहेको उनले बताए।

यसका साथै एउटा नेता दुई कार्यकाल भन्दा बढी एउटा पदमा बस्न नहुने भए पनि नेपालमा उक्त संस्कारको विकास हन नसकेको विश्लेषक श्रेष्ठ बताउँछन्। राजनीतिक दलहरूको विधानमा यस्तो कुरा समेटिएको भए पनि व्यवहारमा लागू हुन नसकेको भन्दै उनले त्यसलाई लागू गर्नुपर्नेमा जोड दिए। ‘रावलजी युवा हुनुहुन्छ। उहाँले अध्यक्षको दाबी गर्नु स्वाभाविक हो। कुनै पनि व्यक्तिले म निर्विकल्प छु भनेर सोच्नु हुँदैन। कसैको मनमा त्यो भ्रम भए आजैबाट फाल्नुपर्छ,’ श्रेष्ठ भन्छन्।

अरु नेताहरूले ओलीको विरोध गर्न नसकिरहेको समयमा रावलले गरेको हिम्मतको राजनीतिक विश्लेषकहरूले प्रशंसा गरेका छन्। राजतन्त्रमा हुकुमी शासन चल्न भए पनि लोकतन्त्रमा त्यसको कुनै अर्थ नहुने उनीहरूको भनाइ छ। ओलीको कटु आलोचकका रुपमा रहेका रावल २०७० र २०७४ सालको निर्वाचनमा अछामबाट निर्वाचित भएका थिए। रावल पूर्व उपप्रधान तथा गृहमन्त्री पनि हुन्। 

प्रकाशित: Nov 21, 2021| 16:01 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...