मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : किन आउँदैछन् अमेरिकी सहायक विदेशमन्त्री लु, आजदेखि ई–पासपोर्ट वितरण

बिहानी समाचार : किन आउँदैछन् अमेरिकी सहायक विदेशमन्त्री लु, आजदेखि ई–पासपोर्ट वितरण

बारको तेस्रो चरणको आन्दोलन सुरू, मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडाैं- नेपाल बार एसोसियसनले आजबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु गरेको छ। सर्वोच्च अदालत अगाडिको धर्नालाई निरन्तरता दिँदै बारले देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने भएको छ।

अहिले बारको आह्वानमा कानुन व्यवसायीहरू सर्वोच्चअगाडि भेला भएका छन्। जबराले राजीनामा नदिएसम्म आफूहरूको धर्ना जारी रहने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। उनका अनुसार मंसिर ३ गतेसम्म जबराले राजीनामा नदिए उच्च अदालतमा पनि धर्ना सुरु हुनेछ। यस्तै बारले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाएर जबराको बहिर्गमनका लागि पहल गर्न पनि अनुरोध गर्ने भएको छ। 

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने नेपाल भ्रमणका लागि बुधबार बेलुकी काठमाडौं आउँदैछन्। दक्षिण एसियाकै अर्को मुलुक माल्दिभ्स भ्रमणमा कात्तिक २९ मा निस्किएका उनी मालेबाट नेपाल आउन लागेका हुन्।

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा अन्य विषयसँगै अल्झनमा परेको एमसीसी सम्झौताबारेमा पनि विशेष छलफल गर्ने भएका छन्। 

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बुधबार विश्वासको मत लिने कार्यक्रम अघि बढ्ने भएको छ। मंगलबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेका कारण स्थगित भएको थियो। निर्धारित समय भन्दा झन्डै २ घन्टा पछि सुरु भएको बैठक १ मिनेट मात्र बसेर मंगलबार विहान साढे ११ वजे बस्नेगरि स्थगित गरिएको थियो। पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्। 

नेकपा एकिकृत समाजवादी पार्टीका नेता राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए।  ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवाश्यक पर्छ। मुख्यमन्त्री राईलाई पाँच दलीय सत्ता गठबन्धनमा रहेका ५० सांसद्ले मत दिने भएकाले विश्वासको मत पाउने करिब निश्चित छ। 

आजबाट ई-पासपोर्टको परीक्षण वितरण सुरु

राहदानी विभागले एमआरपी विस्थापन गरी आजबाट ई-पासपोर्टको परीक्षण वितरण सुरु गर्दैछ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज समारोहका बीच ई-पासपोर्टको औपचारिक उद्घाटन गर्दैछन्। राहादानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।

पहिलो चरणमा विभागले साधारण पासपोर्ट मात्रै जारी गर्ने अर्यालले बताए अरू प्रकारका  भने जनवरीदेखि मात्रै जारी हुनेछन्। परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै ई-पासपोर्टको प्रचलनमा ल्याउने विभागको तयारी छ। 

नवौं कर दिवस मनइँदै 

बुधबार नवौँ कर दिवस। स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि भन्ने नारका साथ विभिन्न कार्यक्रमम गरे मनाइँदै छ। 

दिवसका अवसरमा राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्था र व्यक्तिलाई सरकारले सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकम छ। निर्यात उद्योगतर्फ डावर नेपालले सर्वाधिक कर बुझाएको छ।

दुबै संस्थालाई सरकारले विशेष सम्मान गरेको छ। यस्तै ब्यक्तिगततर्फ सबैभन्दा बढि कर तिर्ने भनेर सिद्धार्थ राणाले सम्मानित भएका छन्छ। उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष हुन्। सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा ७२९ नेपाली स्वास्थ्यकर्मीको माग

कुवेतको स्वास्थ्य मन्त्रालयले ठुलो संख्यामा नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ। मन्त्रालयले नेपालका ७२९ स्वास्थ्यकर्मी माग गरेको हो। 

बीइसी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्ने गरी ७२९ कर्मचारी माग गरेको हो। माग गरिएका स्वास्थ्यकर्मीले नेपाली १ लाख १० हजार देखि १ लाख २५ हजारसम्म तलब पाउने छन्। बीएससी नर्सिङको न्यूनतम तलब १ लाख २५ हजार र स्टाफ नर्सको लागि १ लाख १० हजार तलब तोकिएको छ।

नर्वेलाई हराउँदै नेदरल्यान्ड्सले तय गर्‍यो कतार विश्वकप यात्रा

नर्बेलाई हराउँदै नेदरल्यान्ड्सले कतार विश्वकपको यात्रा तय गरेको छ। मंगलबार राति भएको युरोपेली छनोट अन्तर्गत समूह जी को खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड विश्वकपमा छनोट भएको हो।

पराजित नर्वे भने समूहको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनबाट बन्चित भयो। जितसँगै नेदरल्याण्डले १० खेलबाट २३ अंक जोडेको छ भने टर्कीले १० खेलमा २१ अंक जोड्यो। समान खेलबाट १८ अंक जोडेको नर्वे तेस्रो स्थानमा छ।


प्रकाशित: Nov 17, 2021| 10:58 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।