बुधबार, भदौ २६, २०८१

भूतप्रेतको डरले प्रहरीले अधिकारीले गरे आत्महत्या

तमिलनाडुको कल्लाकुरिची जिल्लाको पेरुंबक्कम इलाकामा अनौठो घटना घटेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा कार्यरत एक प्रहरीले भूतप्रेतको डरले भन्दै आत्महत्या गरेका छन्।
 |  बुधबार, मंसिर १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- तमिलनाडुको कल्लाकुरिची जिल्लाको पेरुंबक्कम इलाकामा अनौठो घटना घटेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त इलाकामा कार्यरत एक प्रहरीले भूतप्रेतको डरले भन्दै आत्महत्या गरेका छन्।

triton college

कुड्डालोर सशस्त्र प्रहरीमा कार्यरत प्रभाकरण नामक प्रहरी अधिकारीले आत्महत्या गरेको बताइएको छ। ३३ वर्षीय प्रभाकरण बस्दै आएको विभागबाट प्राप्त सरकारी क्वार्टरमा मृत फेला परेका छन्। 

उनले विवाहसमेत गरेका छन्। उनका एक छोरा र एक छोरी छन्। प्रभाकरण पछिल्लो केही समय स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित थिए। उनको उपचार पनि जारी थियो। 

आत्महत्या गर्नु भन्दा पहिले प्रभाकरणले एक महिलालाई सधैँ सपनामा देख्ने गरेको र आगोमा जलेकी एक महिलाले आफ्नो घाटी दबाउने कोसिस गरिरहेको हुने बताएका थिए। उनले आफ्नो सपनालाई परिवारका साथै साथीहरूलाई पनि भनेका थिए।

प्रभाकरणले ज्योतिषलाई सम्पर्क गर्दै सहयोग पनि मागेका थिए। उनले उपचारका लागि १५ दिनको बिदा पनि लिएका थिए। उनले आफ्नी श्रीमती र बच्चाहरूलाई मेलपट्टमबक्कसमा एक आफन्तको विवाह समारोहमा पठाएका थिए। सोही मौकामा उनले आत्महत्या गरेको बताइएको छ।

Metro Mart
vianet

पत्नी घर फर्किदा प्रभाकरणलाई घरको कोठाको छतमा डोरीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेकी थिइन्। उनलाई कुड्डालोरको सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

कुड्डालोर न्यू टाउन पुलिसले आफूहरूले भूतप्रेतको डरले प्रभाकरले आत्महत्या गरेको सुनेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Nov 17, 2021| 06:58 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।