सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • 'बेटी पढाउ, बेटी बचाउ' अभियानको साइकल खरिदमा भ्रष्टाचार : अख्तियार

'बेटी पढाउ, बेटी बचाउ' अभियानको साइकल खरिदमा भ्रष्टाचार : अख्तियार

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २ मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनमा प्रदेश २  मुख्यमन्त्री कार्यालयबाट खरिद भएका साइकलमा भ्रष्टाचार भएको देखिएको छ। आयोगको प्रादेशिक कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले मुख्यमन्त्री कार्यालयले छात्राका लागि खरिद गरेका साइकलमा भ्रष्टाचार भएको देखिएको जानकारी दिएका हुन्। 

health

मुख्यमन्त्री कार्यालयले 'बेटी पढाउ बेटी बचाउ' अभियानअन्तर्गत छात्रालाई वितरण गर्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मारी गरेको कागजात अध्ययनका क्रममा भ्रष्टाचार भएको देखिएको हो। 

अख्तियारको बर्दिबास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमा प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएको बताए। ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान थालेका छौँ। त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरेर विस्तृतमा अनुसन्धान अगाडि बढ्छ,’ उनले भने। 

सापकोटाले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बताए। विस्तृत अनुसन्धान हुन थप एक महिना लाग्न सक्ने सापकोटाको भनाइ छ। उनले खरिदमा संलग्न कर्मचारीको बयान लिने तथा प्रमाण परीक्षणको काम भइरहेको समेत जानकारी दिए।  विस्तृत अध्यनको लागि केन्द्रीय टोलीले अनुसन्धान थालेको समेत उनले जानकारी दिए।

प्रकाशित: Nov 15, 2021| 17:11 सोमबार, कात्तिक २९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।