बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका कानुन व्यवसायी पनि धर्नामा

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका कानुन व्यवसायी पनि धर्नामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै जनकपुरधामा कानुन व्यवसायीहरु धर्नामा बसेका छ्न्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै जनकपुरधामा कानुन व्यवसायीहरु धर्नामा बसेका छ्न्। उनीहरु जिल्ला अदालत धनुषाको मूल ढोका अवरुद्ध गर्दै धर्ना बसेका हुन्।

National life

नेपाल बार एसोसिएसन जनकपुरले पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान ११ः३० बजेदेखि १२ः३० बजेसम्म एक घन्टा धर्ना राखेको हो। कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध हातमा कालोपट्टी समेत बाँधेका थिए।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहले केन्द्रीय बारको निर्णयअनुसार ३ दिनसम्म लगातार धर्ना कार्यक्रम राखिएको जानकारी दिए। 

मूलढोका नै अवरुद्ध गरेर आन्दोलन गर्दा सेवाग्राहीलाई मर्का परेको छ भने अदालतको नियमित कामकाज समेत प्रभावित भएको छ। 


Shivam cement

प्रकाशित: Nov 14, 2021| 12:30 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।