मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • जनगणनामा आदिवासी जनजातिको स्पष्ट पहिचान झल्कियोस् : अध्यक्ष बराम [भिडियोसहित]

जनगणनामा आदिवासी जनजातिको स्पष्ट पहिचान झल्कियोस् : अध्यक्ष बराम [भिडियोसहित]

‘सरकारले विभिन्न कारण देखाएर हाम्रो संख्या घटाउँदै गएको छ। अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन।’
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले बाह्रौं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिहरुको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेको छ। महासंघका अध्यक्ष जगत बरामले बाह्रौं राष्ट्रिय जनगणनामा आदिवासी जनजातिको स्पष्ट पहिचान झल्किने गरी गणना गर्न माग गरेका हुन्।

बरामले बिहीबार न्युज एजेन्सी नेपालसँग भने, ‘विगतका जनगणनामा सरकारले सूचीकृत गरेका आदिवासी जनजातिको गणना गरिएको छैन। यस वर्ष सम्पूर्णको गणना गर्नुपर्छ।’ अध्यक्ष बरामले कतिपय आदिवासी जनजातिको गणना भए पनि जातजातिभित्रको उपथरको स्पष्ट रुपमा पहिचान हुन नसकेको बताए। 

बरामले यसपटक सरकारले जनजातिको उपथरलाई पहिचान गरी त्यसको संख्या जनजातिको संख्याभित्रै आउने गरी गणना गर्न माग गरे। उनले नेपालमा बहुभाषी मानिस भए पनि कम मात्रामा बोलिने भाषाको जनगणना नै नहुने गरेको बताए। उनले भने, ‘कुनै भाषा बोल्ने एकजना मात्रै छ भने पनि उसको गणना गरेर सार्वजनिक गर्छ।’

अध्यक्ष बरामका अनुसार २०६८ सालको जनगणनामा सरकारले नै सूचीकृत गरेको १२ वटा आदिवासी जनजातिको तथ्यांक छैन। उनले भने, ‘सिआर, लार्के, लोक्पा, थुदाम लगायतका जातिलाई सरकारले सूचीकृत गर्‍यो तर ती जाति अघिल्लो जनगणनामा छुटे।’ उनले अहिलेको जनगणनामा त्यसरी नछुटाउन आग्रह गरे। 

‘सरकारले विभिन्न कारण देखाएर हाम्रो संख्या घटाउँदै गएको छ। अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन।’

अध्यक्ष बरामले सरकारले आदिवासी जनजातिको संख्या घटाउँदै लगेको भन्दै आपत्ति जनाए। उनले भने, ‘सरकारले विभिन्न कारण देखाएर हाम्रो संख्या घटाउँदै गएको छ। अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन।’ विगतका जनगणनामा मगर, राई, गुरुङ, तामाङ, नेवारभित्रका विभिन्न उपथर छुटेको उनको भनाइ छ। उनले भने, ‘मगरभित्र थापा, बुढाथोकीलाई क्षेत्रीमा गनियो। अब त्यस्तो दोहोरिनु हुँदैन।’

अध्यक्ष बरामले आदिवासी जनजाति विभिन्न धर्ममा आबद्ध रहेको भन्दै उनीहरुको जनसंख्या धेरै रहे पनि जनगणनामा जबरजस्ती हिन्दु धर्मावलम्बीको संख्या बढाउने गरिएको आरोप लगाए। जनगणनामा आदिवासी जनजातिले मान्ने धर्मका सम्बन्धमा यथार्थ रुपले गणना गरी सही तथ्यांक समेटिनुपर्ने उनको भनाइ छ। विकट ठाउँसम्म घरघरमै गणक पुग्नुपर्ने तथा स्थानीय लवज र भाषालाई बुझ्ने गणक सम्बन्धित ठाउँमा खटाउनपुपर्ने माग उनको छ। 

उनले एउटै जाति, भाषा, भेष, धर्महरुको मात्रै गणना गर्ने हो कि भन्ने चिन्ता रहेको बताए। आदिवासी जनजाति युवाहरुको ठूलो संख्या वैदेशिक रोजगारीमा रहेकाले उनीहरु गणनाबाट छुट्ने आशंका गर्दै अध्यक्ष बरामले विदेशमा बस्ने नेपालीको पनि छुट्टै गणना गरिनुपर्नेमा जोड दिए।


प्रकाशित: Nov 11, 2021| 17:14 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।