बुधबार, जेठ २०, २०८३

गृहमन्त्रीले गरे सुरक्षा निकायको प्रशंसा

गृहमन्त्री बालकृष्ण खाणले कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरी सुरक्षा निकायले गरेको कामको प्रशंसा गरे।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

धनुषा– गृहमन्त्री बालकृष्ण खाणले कोभिड-९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरी सुरक्षा निकायले गरेको कामको प्रशंसा गरेका छन्। उनले अपराध नियन्त्रण तथा अनुसन्धान लगायत सुरक्षा सम्बन्धी सबै काम उत्कृष्ट रहेको पनि बताए। 

National life

धनुषाको जनकपुरधाममा आयोजित २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै उनले भने, 'नागरिकलाई सेवा प्रदान गरी राहत दिन सुरक्षा निकाय सक्रिय छ। सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न पनि संवेदनशील हुनुपर्छ।' 

गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गर्दै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण, गृहसचिव टेकनारायण पाण्डे र २ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद मैनालीले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए। 

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिएका थिए। 

Shivam cement

उक्त गोष्ठी गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा  आयोजना गरिएको हो।


प्रकाशित: Nov 09, 2021| 13:35 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।