बुधबार, जेठ २०, २०८३

२० लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८
National life
Shivam cement

पर्सा– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका– ५ नवकटुवा बस्ने ३१ वर्षीय चन्दनकुमार साह छन्। हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्जको घण्टाघरबाट आदर्शनगरतर्फ ना ४८ प ७६९१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका साहलाई पक्राउ गरेको हो। उनको ब्यागबाट २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका साहविरुद्ध बैंक तथा वित्तीय ऐन सम्बन्धीको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी ओमप्रकाश खनालले बताए।

प्रकाशित: Nov 09, 2021| 11:51 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।