काठमाडौं- सत्ताधारी पाँच राजनीतिक दलले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र बनाउने निर्णय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको गबन्धन्धनको बैठकले ११ सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको हो।संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २/२ जना सदस्य रहनेछन्। सरकारको प्रतिनिधिका रूपमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन्।
सबै राजनीतिक दलहरुले २/२ महिना संयोजन गर्ने सो समन्वय समितिमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल छन्।
पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्ने सहमति भएको छ।
नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २/२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुका तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी दिए।
पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्ने सहमति भएको छ। संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने संयन्त्रको बैठकमा सहभागी हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
समितिले राष्ट्रियसभामा रिक्त सदस्य निर्वाचन, प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेमाओवादी नेता श्रेष्ठले बताए। उनले भने, ‘तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ। अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछ।’
प्रकाशित: Nov 08, 2021| 20:13 सोमबार, कात्तिक २२, २०७८