सोमबार, चैत ४, २०८१

ई-रिक्साले अस्तव्यस्त जनकपुर

प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ।

health

जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो। नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीय बताउँछन्। 

नगरमा अत्यधिक ई-रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ। विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसाधारणहरूलाई निकै समस्या हुने गरेको छ। 

नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडासमेत तोकिएको छैन। जसकारण मनपरी भाडा लिने गरेको स्थानीयको गुनासो छ। 

जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ। तर, रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयको गुनासो छ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई-रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन्। उनले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताइन्। 

उपमेयर मिश्रले भनिन्, ‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौं, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जसकारण काम समयमै हुन सकेको छैन।' उनले अब चाँडै पार्किङ र भाडालगायतको व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढ्ने बताएकी छन्। 

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयको चाँडै टुङ्गो लगाउने बताएकी छन्। पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई-रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ। 

चालकले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ। अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीय बताउँछन्।

प्रकाशित: Nov 08, 2021| 12:20 सोमबार, कात्तिक २२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।