बुधबार, भदौ ३, २०८३

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा परेर मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे१झ ३१७० नं.को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। शनिबार राति मैवाखोलाको मिल्केडाँडामा एम्बुलेन्स दुर्घटना भएको थियो। दुर्घटनामा परेर मैवाखोला-२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।   

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए। अरू छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन्। 

मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ। 

प्रकाशित: Nov 07, 2021| 14:54 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।