बुधबार, भदौ ३, २०८३

लार्फागाउँमा खानेपानीको चरम अभाव

यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

सुर्खेत- पलाँता गाउँपालिका-२ लार्फागाउँमा खानेपानीको चरम अभाव भएको छ। यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन्। 

पलाँताकी अमनि विश्वकर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ। सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ। बिहानै पानी लिन आए दिनभर लाग्ने र  दिनहुँजसो झगडा हुने उनले बताइन। यस्तै, जितन विश्वकर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने बताए।

गाउँपालिका र हुरुन्डेको नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन्। अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्ष बिरी कामीले बताए। कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन्।

प्रकाशित: Nov 07, 2021| 14:35 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।