शनिबार, कात्तिक २९, २०८२

सल्यानमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २६ जना घाइते

सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

देव राना

देव राना

आइतबार, कात्तिक २१, २०७८

National life
Laxmi sunrise bank
kumari

सुर्खेत– सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ। सल्यानको जैसपानीबाट दाङतर्फ गुडिरहेको रा१ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पाैने १२ बजे दुर्घटनामा परेको सल्यानका डीएसपी गोविन्दकुमार थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा २६ जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुलेको छैन। बस सडकबाट २ सय मिटर तल खसेको छ।

बसमा कति यात्री थिए भन्ने यकिन भइनसकेको छैन। घाइतेलाई उपचारका लागि नेपालगन्ज र सल्यानतर्फ लगिएको छ।

प्रकाशित: Nov 07, 2021| 13:11 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।