मंगलबार, फागुन २६, २०८२

१० हजार कामदार तत्काल कोरिया जान पाउने

ईपीएस पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अघि बढ्ने भएको छ। उनीहरु २ वर्षदेखि कोरिया जाने प्रतिक्षामा छन्।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- कोरोना महामारीका कारण झन्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ। यस्तै  ईपीएस पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अघि बढ्ने भएको छ। उनीहरु २ वर्षदेखि कोरिया जाने प्रतिक्षामा छन्। 

National life

कोरोना संक्रमण रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो  मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो। त्यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका छन्। 

लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार जान पाएका छैनन्। नेपाल लगायतका केही देशबाट रोजगारका लागि धेरै मात्रामा गए पनि लामो समयदेखि विदेशी कामदारले प्रवेश नपाउँदा कोरियाको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुँदै आएको छ। 

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन्। तर कोरोना महामारी सुरू भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो।

अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ।

Laxmi sunrise bank
kumari

नेपालबाट प्रत्येक वर्ष ५ हजार भन्दा बढी कामदार कोरिया जाने गर्थे। त्यहाँ ४० हजारभन्दा बढी नेपाली छन्। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत गएका कामदार ३५ हजार भन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेसामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छन्।

प्रकाशित: Nov 07, 2021| 11:44 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।