मंगलबार, फागुन २६, २०८२

इराकका प्रधानमन्त्रीमाथि ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा आइतबार बिहानै ड्रोनबाट हमला भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- इराकी प्रधानमन्त्रीको निवासमा आइतबार बिहानै ड्रोनबाट हमला भएको छ। इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीलाई लक्षित गर्दै ड्रोन हमला भएको बीबीसीले जनाएको छ। 

National life

विष्फोटक पदार्थले भरिएको ड्रोनबाट उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। उनीमाथि बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

इराकको सेनाका अनुसार उक्त हमला प्रधानमन्त्रीको हत्या गर्नमा केन्द्रित थियो। यो आक्रमण बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो।

बगदादमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार भएको भीडन्त पछिको अवस्था बुझेर फर्कदै गर्दा उनीमाथि ड्रोन आक्रमण गरिएको हो। प्रधानमन्त्रीले मुस्ताफाले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित रहेको बताएका छन्।

प्रकाशित: Nov 07, 2021| 10:17 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।