बिहीबार, साउन ७, २०८३

भारतमा तीन दिनदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य भारतमा तीन दिन यता भने स्थिर रहेको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- लगातार उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य भारतमा तीन दिन यता भने स्थिर रहेको छ। गत बुधबार डिजेलको मूल्य ११ देखि १३ रुपैयाँ र पेट्रोलको मूल्य ७ देखि ८ रुपैयाँले घटेको थियो। आज पनि सोही मूल्यमा कारोबार भइरहेको सरकारी तेल कम्पनीले जनाएको छ।

आज दिल्लीमा पेट्रोलको मूल्य १०३.९७ रुपैयाँ छ। डिजेलको मूल्य भने ८६.६७ रुपैयाँ प्रतिलेटर रहेको छ। मुम्बईमा पेट्रोलको मूल्य १०९.९८ र डिजेलको मूल्य ९४.१४ रुपैयाँ प्रतिलिटर रहेको छ।

यस्तै कोलकातामा पेट्रोलको मूल्य १०४.६७ र डिजेलको मूल्य ८७.७९ रुपैयाँ रहेको छ। चेन्नईमा पनि पेट्रोलको मूल्य १०१.४० रुपैयाँ तथा डिजेलको मूल्य ९१.४३ रुपैयाँमा कारोबार भइरहेको छ।

मध्येप्रदेश, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक, ओडिशा, जम्मू-कश्मीर र दद्दाखमा पेट्रोलको मूल्य प्रति लिटर १०० रुपैयाँ रहेको छ।

प्रकाशित: Nov 07, 2021| 09:03 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।