बुधबार, भदौ ३, २०८३

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने

मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १९ नोभेम्बरमा चन्द्र ग्रहण लाग्ने जनाएको हो। उक्त समयमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा रहने बताइएको छ। ग्रहण दिउँसो साढे एक बजे पीकमा रहने बताइएको छ।

यस अवस्थामा पृथ्वीले चन्द्रमाको रोशनीलाई छेक्ने बताइएको छ। खगोलविद्का अनुसार यस समयमा चन्द्रमाको रंग रातो देखिने छ।

नासाका वैज्ञानिकले यसलाई निकै लामो चन्द्र ग्रहण भएको बताएका छन्। तीन घन्टा २८ मिनेट २३ सेकेन्डसम्म ग्रहणको प्रभाव रहने बताइएको छ। वैज्ञानिकले २००१ देखि २०२१ को बीचमा यो निकै लामो चन्द्र ग्रहण भएको बताएका छन्। 

भारतको असम, अरुणाचल प्रदेश, उत्तरी अमेरिका, मेक्सिको, अस्ट्रेलिया, पूर्वी एसिया र उत्तरी यूरोपका देशबाट चन्द्र ग्रहण देख्न सकिने छ। 

प्रकाशित: Nov 07, 2021| 08:21 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।