बुधबार, भदौ ३, २०८३

मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। लम्कीचुहा नगरपालिका-७ मा मोटर साइकल दुर्घटना हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

टिकापुरतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय श्रीराम चौधरी उनकी २५ वर्षीय श्रीमती ज्ञानु चौधरी र तीन वर्षीय छोरा करन चौधरी घाइते भएका छन्।

छोराको अवस्था गम्भीर रहेको छ श्रीमान श्रीमती सामान्य घाइते भएको प्रहरीले  जनाएको छ। बालकलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 07, 2021| 08:07 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।