बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बढ्यो चिसो, बिहानी तापक्रम १० डिग्री सेल्सियस

काठमाडौंमा बढ्यो चिसो, बिहानी तापक्रम १० डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस रहेको छ। 

बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको महाशाखाले जानकारी दिएको छ। 

यस्तै हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा मौसम सामान्यतय सफा रहेको छ।

महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ। अन्य क्षेत्रको मौसम भने सफा नै रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Nov 07, 2021| 07:41 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।