बुधबार, भदौ ३, २०८३

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो।

बारले प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन 'अल्टिमेटम' दिएको थियो। तर, जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आन्दोलनलाई थप शसक्त बनाउने जनाएको छ।

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै घोषणा गरेको थियो।

आज  देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। 

यसअघि बारका न्यायाधीशहरूले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।

प्रकाशित: Nov 07, 2021| 07:20 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।