बुधबार, भदौ ३, २०८३

देउसी समूहलाई बसको ठक्कर, दुई जनाको मृत्यु

हेटौंडामा देउसी समूहलाई बसले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

हेटौंडा- हेटौंडामा देउसी समूहलाई बसले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। हेटौंडा-१९ नेवारपानीमा देउसी खेलिरहेको समूहलाई बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गतको रजैया सडकखण्डमा गुडिरहेको बसले देउसी समूहलाई ठक्कर दिएको थियो।

दुर्घटनामा थप ७–८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ। घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ठक्कर दिएको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Nov 07, 2021| 07:05 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।