बुधबार, भदौ ३, २०८३

अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

शरीरलाई स्वस्थ तथा दीर्घायु बनाउनका लागि स्वास्थ्य विशेषज्ञहरूले नियमित रूपमा योग तथा व्यायाम गर्न सुझाव दिइरहेका हुन्छन्। योगमा पनि प्राणायामलाई स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- शरीरलाई स्वस्थ तथा दीर्घायु बनाउनका लागि स्वास्थ्य विशेषज्ञहरूले नियमित रूपमा योग तथा व्यायाम गर्न सुझाव दिइरहेका हुन्छन्। योगमा पनि प्राणायामलाई स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

यसमा पनि अनुलोम विलोम योगाभ्यास स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। अध्ययनका अनुसार यसको नियमित अभ्यासले श्वास तथा रक्तसञ्चारमा निकै फाइदा पुग्छ।

योग विशेषज्ञका अनुसार यो निकै सहज अभ्यास हो। जसले पनि यो योगा अभ्यास गर्न सक्छन्। यसको नियमित अभ्यासले थुप्रै गम्भीर रोगको जोखिम कम हुन्छ। 

योग विशेषज्ञका अनुसार कुनै पनि योगबाट अधिकतम लाभ लिनका लागि सही तरिकाले अभ्यास गर्नुपर्छ। यस आसनलाई गर्नका लागि सबै भन्दा पहिला शरीरलाई एकदम सिधा राख्नुपर्छ। र, ध्यानपूर्वक बस्नुपर्छ। बायाँ हातलाई ज्ञान मुद्रामा राखेर दायाँ हातको औंलाले दायाँ नाक बन्द गर्ने र बायाँ नाकबाट श्वास फेर्ने गर्नुपर्छ। त्यसपछि बायाँ नाकलाई बन्द गरेर दायाँ नाकले श्वास लिनुपर्छ। यो क्रिया केही बेरसम्म दोहर्‍याइरहनुपर्छ।

यस्तो गर्दा फोक्सोको कार्य तथा सहनशक्तिमा सुधार आउँछ। २०१९ को एक समीक्षा लेखमा फोक्सोको कार्यक्षमता बढाउनका लागि अनुलोम विलोम अभ्यास निकै प्रभावकारी रहेको उल्लेख गरिएको थियो। 

यत्ति मात्र नभएर यसको नियमित अभ्यासले मस्तिष्कको कार्यक्षमता पनि बढ्छ। ९६ मेडिकल छात्रमाथि गरिएको एक अध्ययनले अनुलोम विलोमको अभ्यासले चिन्ता तथा तनाव जस्ता मानसिक स्वास्थ्य समस्यामा निकै सुधार भएको पाइएको थियो। वैज्ञानिकका अनुसार नियमित यसको अभ्यासले मस्तिष्कको कार्यक्षमता बढ्नपुग्छ।

२०११ र १०१३ मा गरिएको एक अध्ययनले अनुलोम विलोमको अभ्यासले रक्तचाप तथा हृदयको गति कम गर्नुका साथै मुटुको कार्यमा सकारात्मक प्रभाव पार्छ। नियमित तीन महिनासम्म अनुलोम विलोम गर्न उसको रक्तचापमा निकै सुधार हुने अध्ययनले देखाएको छ।

प्रकाशित: Nov 07, 2021| 06:57 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।